प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

बल्खुको सुमो काउन्टरबाट १० जना विचौलिया पक्राउ

२०७९ असार ३१, शुक्रबार १२:०२ बजे

हेटौंडा – काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-९ का ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुर लिल्बुजुंग गाउँपालिका-४ का २२ वर्षीय संजय तामाङ, भारत बिहार राज्य पहाडपुर पोटवा थाना-८ का २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी नगरपालिका-१६ का २१ वर्षीय राजु थापा र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ का २९ वर्षीय आकाश तामाङ छन्।

यस्तै, पर्सा वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय राजीवकुमार सिंह, सिन्धुली कमलामाई नगरपालिका-१३ का ३० वर्षीय नितिशजंग राणा, सर्लाही लालबन्दी नगरपालिका-४ का २९ वर्षीय रविन्द्र चौधरी, इलाम श्रीनन्द नगरपालिका-३ का २९ वर्षीय दोर्जे गुरूङ र काठमाडौं दक्षिणकाली नगरपालिका-१ का ४० वर्षीय राम तामाङ पक्राउ परेका छन्।

पक्राउ परेकालाई मुलुकी फौजदारी अपराध कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप भई प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।