प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

२०७९ कार्तिक ११, शुक्रबार १२:४२ बजे

हेटोंडा – कैलालीको कैलारी गाउँपालिका ५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा कैलारी गाउँपालिका ५ पवेराका २२ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हसुलिया कैलालीले जनाएको छ ।

हसुलिया–गोबरैला सडक खण्डमा शुक्रबार बिहान ६ बजे से ६ प ५५८६ नम्बरको मोटरसाइकल सडक किनारको नालीमा पल्टिएको थियो ।