प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक एकजनाको शव फेला

२०८१ श्रावण ४, शुक्रबार १७:२५ बजे

सिरहा - सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।

बुधवार राती देखि हराएको थापाको शव आज उनकै घरदेखी करिव सय मिटरको दुरिमा खेतमा जमेको पानीमा फेला परेको प्रहरिले जनाएको छ ।

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।