प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको भीमफेदीमा कार दुर्घटनाः एक नाबालिका सहित दुई जनाको मृत्यु, तीन घाइते

२०८१ जेठ १६, बुधबार १८:५३ बजे


हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा एक पुरुष र एक नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ ।


भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका थिए ।

जसमा पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने नाबालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते मध्ये एक महिलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पुरा बिवरण भने आउँन बाँकी छ ।