हेटौंडा – प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेटसहित वीरगञ्जबाट मकवानपुरका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राई रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय २५ ट्याब्लेटसहित राईलाई सोमबार दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।