प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चट्याङ लागेर प्रधानाध्यापक कार्कीको मृत्यु

२०८१ भाद्र ११, मंगलबार ०९:१० बजे

काठमाडौं – सल्यानको कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् ।

सल्यान प्रहरीका सोमबार बेलुका आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा डाक्टरले मृत घोषणा गरेको थियो । कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।