प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

हेटौंडामा साहित्यकार मुकारुङ्ग र पत्रकार दाहाल पुरस्कृत

२०७९ असार २४, शुक्रबार १३:५७ बजे

हेटौंडा – मातृभुमि साहित्य समाज मकवानपुरले महालक्ष्मी सहित्य पुस्स्कारबाट प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरेको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना ५१ हजार राशीको पुरस्कार मुकारुङ्गलाई प्रदान गरिएको हो ।

समाजले भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम संवद्र्धनको हेतुले वि.स. २०५६ सालदेखी हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको थियो । महालक्ष्मी विकाश बैंक लिमिटेडले स्थापना गरेको उक्त पुरस्कार मातृभुमि साहित्य समाज मकवानपुरको आयोजनामा वितरण गरिदै आएको छ ।

यस्तै मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन र व्यवस्थापनमा ईश्वर मैनालीद्धारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट वरिष्ठ पत्रकार राममणि दाहाल पुरस्कृत भएका छन् । मकवानपुरमा लामो समयदेखि पत्रकारिता गर्दै आएका दाहाल नगद ७ हजार ५ सय सहित पुरस्कृत भएका हुन्। हाल उनी गोरखापत्र दैनिकमा आवद्ध छन् । उनी पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष समेत हुन् ।

समाजका अध्यक्ष माधब पोख्रेलको अध्यक्षता तथा महाकाव्यकार केशवराज आमोदीको प्रमुखअतिथ्यतामा भएको कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी(अन्जली),महालक्ष्मी विकास बैंक हेटौडा शाखा प्रमुख शम्भुप्रसाद पराजुली लगायत मकवानपुरका विभिन्न स्रष्टाहरुको उपस्थिती रहेको थियो ।