काठमाडौं – बझाङको सदरमुकाम चैनपुरनजिक एक्साभेटर पल्टिदा चालकको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा ३० वर्षीय चालक प्रकाश कठायतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बसपार्कबाट जयपृथ्वी नगरपालिकाको कार्यालय जादै गरेको जेसीबी सडकबाट २० मिटर तल खसेको छ । एक्साभेटरको सिटमा च्यापिएको अवस्थामा चालकको शव भेटिएको थियो ।सांकेतिक तस्बीर