प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या

२०८२ असार २०, शुक्रबार १४:१३ बजे

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ ।

(सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :