हेटौंडा – आफ्नै कोठामा सुतेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । काभ्रेपलाञ्चोक वेथानचोक गाउँपालिका–२, लामाखोरी बस्ने ४० वर्षीय राज कुमार तिमल्सिना सुतेकै स्थानमा मृत भेटिएका हुन् ।
उनी काउको दुखेपछि ढुङगा माटोले बनेको आफ्नै एक तल्ले घरको कोठामा सुतेका थिए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार लामो समयसम्म नउठेपछि परिवारका सदस्यले हेर्दा उनको मृत्यु भइरहेको थियो ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।