ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् । ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीले काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ ।
आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको एसपी खड्काले जानकारी दिए ।