प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

२०८१ पौष १२, शुक्रबार ०७:५० बजे

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। गण्डकी, बागमती, र कोशी प्रदेशका केही स्थानमा पनि हिमपात हुनसक्नेछ।

सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

तापक्रम घट्ने र चिसो बढ्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, र हवाई यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।