काठमाडौं – भिरबाट खसेको ढुङ्गाले लागेर दार्चुलामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतवार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको लागेर बडाल घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा भएको प्रहरीले जनाएको छ ।