हेटौंडा – बागमती सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ७० अर्ब ९३ करोड ९३ लाखको बजेट ल्याएको छ । बुधबार प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट प्रस्तुत गरेका हुन्।
उनले चालूतर्फ १९ अर्व २ करोड र पूँजीगततर्फ ४१ अर्व ५६ करोड विनियोजन गरिएको जानकारी दिए । त्यस्तै वित्तिय हस्तान्तरणतर्फ ८ अर्व रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
७० अर्व ९३ करोड मध्ये चालूतर्फ २७ प्रतिशत, पूँजीगततर्फ ५८ प्रतिशत, वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षको तुलनामा करीब १३ अर्ब रुपैयाँ बढाएर बजेट प्रस्तुत गरिएको छ । अघिल्लो वर्ष ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।