प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

झारफुक गर्न आएकी महिलालाई बोक्सी भन्दै कुटपिट

२०७९ असार २१, मंगलबार १०:०० बजे

हेटौंडा – बोक्सीको आरोप लगाएर कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाएर धामी कार्कीले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।