हेटौंडा – बागमती प्रदेशसभाको उपसभामुख अप्सरा चापागाईले आज शपथ लिएकी छन् । मंगलबार एक समारोह आयोजना गरि प्रदेश प्रमुख यादब चन्द्र शर्माको उपस्थितीमा सभामुख भुवन पाठकले शपथ गराएका हुन् ।
सोमबार प्रदेशसभामा भएको निर्वाचनमा उपसभामुखको निर्वाचनमा चापागाईं ६१ मत सहित निर्वाचित भएकी थिइन् । उनलाई नेकपा एमाले, नेकपा माओेबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदको समर्थन रहेको थियो ।
उनको विपक्षमा ३९ सांसदले मतदान गर्दा ७ जना तटस्थ रहेका थिए ।शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मुख्यमन्त्री सालिग्राम जमरकट्टेल लगायत प्रदेशका मन्त्रीहरुको उपस्थिती रहेको थियो ।