प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल प्रहरीका १२० जना डीएसपीको सरुवा: मकवानपुरका कार्की जाने, भण्डारी आउने

२०८० भाद्र १६, शनिबार ०६:१६ बजे

हेटौंडा – प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले डीएसपीहरुको सरुवा गरेका हुन् ।

सरुवाको सुचिमा जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की पनि रहेका छन् । उनी इलाका प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्भाल्न जाने छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्तामा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी आउने सुचनामा उल्लेख छ । उनी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया, बारामा कार्यरत थिए । 

प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए ।

प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र सङ्खुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ । भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।