हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा एक महिला मृत अवस्थामा परेकी छन् ।
सोमबार बकैया गाउँपालिकाको–७ को हिरामुनीकी ६२ वर्षीया कृष्ण कुमारी लामाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयका अनुसार लामा आफ्नो घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेर मृत अवस्थमा फेला परेकी थिइन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।