प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु

२०८० माघ २३, मंगलबार १८:२३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ भैरवडाँडामा घाइते भेटिएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३०/३५ बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान ९ बजेर १५ मिनेटको समयमा भैरवडाँडास्थित माथिभरा मन्दिर जाने बाटोमा पुरुष घाइते अवस्थामा फेलाको थियो । उनको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा दिउँसो ३ बजेर ८ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।