प्रहर खबर
 २०८१ पौष २९, सोमबार    

दीपा–दीपकको जोडी चलिरहने छ: दीपकराज गिरी

२०७९ श्रावण २८, शनिबार ०३:३१ बजे

दीपकराज गिरी नेपाली चलचित्र बजारलाई एकपछि अर्को राम्रो चलचित्र दिने सफल निर्माता तथा कलाकार हुनुहुन्छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका दहचोकमा जन्मिनुभएका गिरी अहिले छक्का पञ्जा–४’को तयारीमा जुट्नुभएको छ । अहिले चलचित्रले गर्दा गाईजात्रालाई खासै समय दिन नपाएको उहाँको भनाइ छ । गाईजात्राको सेरोफेरोमा केन्द्रित भएर उहाँसँग गरिएको कुराकानी:

यस पटकको गाईजात्रामा केही प्रहसन गर्नुभएन, किन ?
गाईजात्रा मेरो करिअरको महत्वपूर्ण पर्व हो, किनकि यसमा मैले धेरै प्रहसन मञ्चन गेरेर अनुभव बटुल्ने मौका पाएको छु ।

कुनै बेला हास्यकलाकारहरू गाईजात्रा आउनु एक हप्ताअघि नै तयारीमा जुटेको देखिन्थ्यो तर अहिले यस्तो छैन, किन ?
अहिले र पहिले का हास्यकलाकारमा धेरै फरक आइसक्यो, अहिले कलाकारहरू टेलिचलचित्रदेखि ठूला पर्दाका चलचित्रसम्ममा व्यस्त रहन्छन् । उनीहरूले चाहे र पनि गाईजात्रामा त्यति धेरै समय रिहर्सलमा दिन सक्ने अवस्था हुँदैन । फेरि पहिला कलाकारहरू सजिलै उपलब्ध हुन्थे भने अहिले खोज्दै हिँड्नुपर्छ ।

सबै हास्यकलाकार एकजुट भएर जुट्न नसकेर पनि हो भन्छन् नि ?
यो कुरामा म अलि सहमत छैन । मलाई लाग्छ हाम्रो क्षेत्रमा आदर सम्मान र मित्रता कायम भएको भनेकै हास्यकलाकारितामा हो । हामी कलाकारबीच पेसागत प्रतिस्पर्धा रहेतापनि भाइचारा, एक–अर्कालाई गर्ने आदर सम्मानमा कहिले कमी आएन, त्यसैले हामी जुट्न गाह्रो छैन । हाम्रो मुख्य समस्या भने को हाम्रो व्यस्तता नै हो ।

तपाईं टेलिचलचित्र र गाईजात्रा प्रहसनमा भन्दा पनि चलचित्रमा नै रमाउन थाल्नुभयो, किन ?
मैले रेडियोमा एक दशक काम गरेँ, त्यसपछि आजसम्म पनि हप्तामा दुई दिन कान्तिपुर एफएममा कार्यक्रम चलाउँछु त्यहाँबाट आउने पैसाभन्दा पनि त्यो सङ्घर्षका दिनमा गरेको कामसँगको लगावले गर्दा हो । त्यस्तै मेरो रुचि टेलिचिलचित्रमा र स्टेज सोहरूमा पनि रहेको छ तर पछिल्लो एक दशक चलचित्र निर्माणमा लागिरहेको छु र यो कर्म अत्यन्तै कठिन रहेको छ । यसमा समय पनि अत्यधिक लाग्ने , मे हनत पनि धेरै गर्नुपर्ने, त्यहीकारण मैले अन्य कर्महरू गर्न पाइरहेको छैन । अब हेरौँ, भविष्यमा फेरि अवश्य जोडिने सोच छ ।

अन्य कामहरूमा भन्दा चलचित्रमा पैसा धेरै छ, हो ?
पैसा धेरै जहाँ हुन्छ त्यहाँ चुनौती पनि धेरै हुन्छ । मेहनत पनि धेरै हुन्छ । मलाई पैसा धेरै भन्दा ग्ल्यामर धेरै हुन्छ भन्ने शब्द उचित हुन्छ जस्तो लाग्छ ।

गाईजात्रालाई कसरी बुझ्नुहुन्छ ?
गाईजात्रा किन मनाइन्छ त्यो त धेरैलाई थाहा भएकै कुरा हो तर मेरा लागि भने यो हास्यव्यङ्ग्य पर्वका रूपमा रहेको छ । यसबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ, घर खर्च पनि निकालेँ, प्रत्यक्ष दर्शकबाट प्रतिक्रियाहरू पनि पाएँ । यो पर्व भने को हास्यकलाकार बीच एउटा छुट्टै सम्बन्ध र हने पर्व हो जस्तो लाग्छ ।

पहिले र अहिलेको गाईजात्रालाई कसरी हेर्नुहुन्छ ?
पहिला सञ्चार माध्यम पनि कम थिए । त्यो समय गाईजात्राको आकर्षण गजब थियो । मान्छेहरू गाईजात्रा हेर्न ठेलमठेल गर्दै पुग्थे, हल खचाखच हुन्थ्यो, प्रहसनमा ताली र सिठीको माहोलले एउटा छुट्टै मजा हुन्थ्यो तर जबदेखि डिजिटल प्रविधिका साधन आए बिस्तारै त्यो अर्गानिकता कम हुँदै गयो ।

आजकल दीपा–दीपकको जोडी बाहिर खासै देखिँदैन, बोलचाल बन्द भएको त होइन नि ?
दीपा–दीपकको जोडी दर्शकहरूमाझ ३० वर्षदेखि निरन्तर रूपमा चलिरहे छ र चलिर हने छ ।

कहिले हो छक्का पञ्जा–४ लाई दर्शकसामु ल्याउने ?
चलचित्रको प्रदर्शन मिति अहिले तोकिएको छैन तैपनि असोजया कात्तिकमा प्रदर्शनमा ल्याउने सोच छ ।

यो अन्तरवार्ता आजको गोरखापत्र दैनिकमा छ ।