काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा क्षेत्री रहेका छन् ।
शनिबार दिउँसो रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर पल्टिदा बालिका कायरा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
चालक र अटोरिक्सा प्रहरीको नियन्त्रणमा रहेको छ ।