सर्लाही – सर्लाहीको वागमती नगरपालिका–१२ बथानेमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानीय कुमार विकको ४ वर्षीय छोरा सालिन विकको सर्पको टोकाइका कारण मृत्यु भएको प्रहरीेले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति सानी आमा कल्पना विकसँग सुतिरहेका बालकलाई सर्पले टोकेपछि छटपटाएको थियो । तत्काल उद्धार गरी उपचारको लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। बालकको उपचार गराउन पुर्याइए पनि बालकको मृत्यु भएको परिवारिक स्रोत बताएको छ।