प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भ्यानको ठक्करबाट सिटौलाको मृत्यु

२०७९ फाल्गुन १३, शनिबार ०२:५४ बजे

हेटौंडा – मोरङको पथरीशनिश्चरे नगरपालिका १० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्योलय पथरीले जानकारी दिएको छ ।