प्रहर खबर
 २०८१ श्रावण ८, मंगलबार    

राष्ट्रपति भण्डारी हेटौंडा आउँदै

२०७९ फाल्गुन ३, बुधबार ०५:५६ बजे

हेटौंडा – राष्ट्रपति विद्यादेवि भण्डारी बागमती प्रदेशको राजधानी हेटौंडा आउँने भएकी छन् । हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन् गर्नका लागि राष्ट्रपति भण्डारी हेटौंडा आउने भएकी हुन् ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा राष्ट्रपति यही फागुन ९ गते हेटौंडा अस्पतालको तीन तले नव निर्मित भवनको उद्घाटनका लागि आउन लागेकी हुन् । अस्पतालको ३४ करोड रुपैयाँ लागतमा भवन निर्माण भएको हो ।

भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी यही फागुन ९ गते पौने १२ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।

हेटौंडा अस्पतालले नयाँ भवनबाट विरामीहरुलाई सेवा उपलब्ध गराउँदै आइरहेको छ । तर भवनको औपचारिक रुपमा भने उद्घाटन गरिएको थिएन ।