प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ब्राउनसुगर सहित ५ जना पक्राउ

२०८० कार्तिक ११, शनिबार ०७:२३ बजे

बर्दिया – मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदिप नेपाली, सोही नगरपालिका–५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधब भण्डारी, सोही नगरपालिका–६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।

ई‍लाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदिप नेपालीलाई ४० मिलिग्राम, माधब भण्डारीलाई ३० मिलिग्राम, गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपैयाँ र दुई जना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।