हेटौंडा – नारायणी नदीमा बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
भरतपुर महागनरपालिका वडा नं.१ बागेश्वरीस्थित नारायणी नदीमा अन्दाजी ५० बर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो पौने ४ बजे घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटको लागि भरतपुर अस्पतालमा लगिएको छ । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएो छ ।