प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौँडामा एक महिलाको शव भेटियो

२०७९ श्रावण २१, शनिबार ०७:०४ बजे

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगपालिकामा एकजना महिलाको शव भेटिएको छ ।

हेटौंडा–१ र ११ को सिमना छुट्टाउने राप्ती खोला पुल नजिक खोलाले बगाएर ल्याएको अवस्थामा ५५ वर्षीया महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शवको शनाखत भइनसकेको प्रहरीको भनाई छ । केहि दिन अघिनै मृत्यु भएको जस्तो देखिने शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमको लागि हेटौँडा अस्पताल पठाइएको छ ।