प्रहर खबर
 २०८३ भाद्र १८, बिहीवार    

कारागारभित्र मृत भेटिए कैदी

२०८० असार २१, बिहीबार ०४:५२ बजे

बाँके – बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्।जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।