भक्तपुर – भक्तपुरको चाँगुनारायणमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेत रहेकी छन् ।
घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।
उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।