हेटौंडा – गएराती मोटरसाइकल अयन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा लु २५ प ८४२५ नम्बरको मोटरसाइकल दुद्र्धटना हुँदा स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । वुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।