प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यस्तो छ आजको मौसम

२०८१ मंसिर ८, शनिबार ०७:११ बजे

हेटौंडा – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यूनचापीय प्रणाली अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।