हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी रहेकी छन् ।
काठमाडौंबाट हेटौडातर्फ आउँदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल शनिबार बिहान आफै अनियन्त्रित भएर दुर्घटना हुँदा आसिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी चौकी खानीखेतले नियन्त्रणमा लिएको छ ।