प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा दुई दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

२०८० पौष १७, मंगलबार १४:२० बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा दुई दिनदेखि सम्पर्कविहिन भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.१२ पदमपोखरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर थापा मगर घरेटीडाडास्थित भीरमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी गएको आइतबार रातिदेखि आफ्नो घरपरिवारबाट सम्पर्कविहिन भएका थिए । खोजतलाश गर्दै जाने क्रममा सोही वडाको घरेटीडाँडाको भीरबाट करिब २०० मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।