हेटौंडा – नारायणी नदीमा एक पुरुष ब्यक्तिको शव फेला परेको छ ।
भतरपुर महानगरपालिका वडा नं.४ स्थित नारायणी नदी किनारमा अन्दाजी ४५ बर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार शव कस्को हो भन्ने खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।