प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो

२०७९ भाद्र ३, शुक्रबार ०९:०६ बजे

हेटौंडा – चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका ६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज माझी रहेका छन् ।

गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाण्डौबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएको हो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।