काठमाडौं – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २२ कि ममता सुबेदी रहेकी छन् ।
भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक बुधबार बिहान प्रदेश २–०३–०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले किच्दा सुबेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।