हेटौंडा – चितवनको कयर खोलामा एक पुरुष मृत भटिएका छन् ।
रत्ननगर नगरपालिका–४, भोकाहा बस्ने वर्ष अन्दाजी ४५ को राजु चौधरी मृत भेटिएका हुन् ।
चौधरी आफ्नो घरबाट अन्दाजी ५०० मिटर दक्षिणतर्फ कयर खोलामा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।