प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पोर्चुगल पठाउने भनी साढे सात लाख ठगी, खड्का पक्राउ

२०८० मंसिर १८, सोमबार १७:०३ बजे

काठमाडौं – पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहिन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर बारा निजगढ – ४ भइ हाल तारकेश्वर नगरपालिका वडा नं। ८ बस्ने खड्काले राजु शाहीलाई पोर्चुगल जान ११ लाख रुपियाँ लाग्ने र त्यहाँको एक होटलमा वेटरको काममा मासिक एक लाख २० हजार रुपियाँभन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

उनलाई सोमबार काठमाडौं बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको प्रहरीले जनाएको छ ।