जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो चढ्ने सरकारी गाडीमा आगजनी भएको छ। आइतवार राति रामनगरस्थित आफ्नै घरमा पार्किङ गरी राखेको प्र २–००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा अज्ञात समूहले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।
आगजानीबाट गाडीको टायर लगायतका केही भागमा आंशिक क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक मनोज यादवले बताए । उनका अनुसार गाडीमा कसले र किन आगो लगाएको खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाएको देखिएको र घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको उनले बताए ।
घटनाबारे थप थप अनुसन्धान भइरहेको उनले बताए ।सांकेतिक तस्बीर