हेटौंडा – दाङको राजपुर गाउँपालिका ५ जंग्रहवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार राजपुर स्वास्थ्य चौकीका अहेव दाङको दंगीशरण गाउँपालिका १ का अन्दाजी ३४ बर्षीय तारा प्रसाद बिक रहेका छन् ।
प्रहरीका अनुसार गम्भीर घाईते भएका बिकको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर, बाँकेमा आज बिहान ५ बजे मृत्यु भएको हो । बसन्तपुर देखि गंगदी तर्फ जाँदै गरेको रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।