हेटौंडा – महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टिमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा ल्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार यादवमाथि दुई राउराण्ड गोली प्रहार भएको थियो । गोली चलाएको आरोपमा ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरिसकेको र थप अनुसन्धान गरिरहेको उनले बताए ।
प्रहरीले मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका समेत बरामद गरेको छ।