प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पर्साका युवाहरुले राँगाको प्रतिमा ढाले

२०८० पौष १, आईतबार ०८:१५ बजे

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको हनुमान चोकमा राखिएको राँगाको मूर्ति स्थानीय युवाहरुले भत्काएका छन् ।

राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् । वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले सौन्दर्यीकरणको नाममा हुनमान चोकमा राँगाको मूर्ति राखेको थियो । नाम हनुमान चोक तर मूर्ति राँगाको राखेपछि केहि महिना अगाडी हिन्दूवादी यूवाहरुले विरोध प्रदर्शन गरेका थिए । राँगाको मूर्ति हटाएर हनुमान जीको मुर्ति स्थापना गर्न उनीहरु मेयर राजेशमान सिंहको ध्यानाकर्षण समेत गराएको थियो ।

मेयर सिंहले राँगाको मूर्ती नहटापछि आज दिउँसो केहि युवाको समूहले भत्काएको बताइएको छ ।