काठमाडौं – जाजरकोटमा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन् ।
उनको चिसोकै कारण बुधवार बिहान मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।