प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगोले जलेर ५ बर्षीय बालकको मृत्यु

२०८० फाल्गुन २६, शनिबार ०८:१७ बजे

तनहुँ – तनहुँको ऋषिङमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–६ दाउन्ने निवासी ऋषिराम थापा मगरको वर्ष ५ को नाति शिशिर थापाको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडका अनुसार टिनको छानो रहेको गोठ भित्र सुकेको पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउने क्रममा गोठमा अचानक आगो लागी बालक थापाको घटना स्थलमै मृत्यु भएको र गोठ पूर्ण रुपमा जलेर क्षति भएको छ ।