प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अस्ट्रेलियाको सिड्नीमा सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

२०८१ बैशाख १, शनिबार १७:१९ बजे

काठमाडौँ – अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ ।

आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सिएनएनले उल्लेख गरेको छ ।

अहिलेसम्म आक्रमणको कारण बारे अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ ।