प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ब्राउन सुगर सहित दुई जना पक्राउ

२०७९ कार्तिक २, बुधबार ०६:४५ बजे

हेटौंडा – प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको सुर्योदय नगरपालिका–६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्योदय नगरपालिका–८ का १९ बर्षीय मिक कुमार तामाङ र २३ बर्षीय सेवन गुरुङ रहेका छन । मंगलबार अपरान्ह ३ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शरिरमा लुकाई राखेको अवस्थामा ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।