काठमाडौं – सरकारले ल्याउन लागेको अध्यादेशप्रति राप्रपा नेपालले आपत्ति जनाएको छ। राप्रपा नेपालले सोमबार विज्ञप्ति जारी गर्दै अध्यादेशप्रति आपत्ति जनाएको हो ।
विज्ञप्तिमा सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक जनाएको छ। राप्रपा नेपालले लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ।