प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाकिस्तानविरूद्ध नेपालले गुमायो दोस्रो विकेट

२०८० मंसिर २२, शुक्रबार १२:०१ बजे

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।

युएईको दुबईमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरमा दोस्रो विकेट गुमाएको छ।

नेपालका आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परेका छन्। त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

नेपालले १० ओभरमा २ विकेट गुमाउँदा ३२ रन जोडेको छ।