प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाईते

२०७९ फाल्गुन ८, सोमबार ०६:०५ बजे

हेटौंडा – मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । 

आइतबार बिहान सुन्दरहरैचा–५ स्थित भित्री सडकखण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा–५ का ५० बर्षीय चक्र बहादुर श्रेष्ठको मृत्यु भएको छ । उनको बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति ११ बजे बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु.१८ प ५४५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना हुँदा बिराटनगर–४ का २६ बर्षीय प्रकाश महतको मृत्यु भएको छ । उनको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका बिराटनगर–५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिण्णु परियारको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।