हेटौंडा – सुमोले मोटरसाइकललाई ठक्कर दिँदा बारा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका-३२ बस्ने २५ वर्षीय दीपक नारायण शर्मा रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका–७ बकुलीया चोकस्थित सडकमा ना.१ ज ३५२७ नम्बरको सुमोले ना.५९ प ३९ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।सांकेतिक तस्बीर